बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सुधन गुरुङ भारतमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २६

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ क्षेत्रीय सुरक्षा सम्बन्धी छलफलमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन्। बिम्स्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा भाग लिन उनी सोमबार दिल्ली पुगेका हुन्।

नयाँदिल्ली विमानस्थलमा गृहमन्त्री गुरुङलाई भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापासहित दूतावासका अधिकारी र भारतीय प्रतिनिधिहरूले स्वागत गरेका थिए।

‘सुरक्षामा आधारित, समृद्धितर्फको यात्रा’ नारासहित मंगलबार हुने बैठकमा उनी सहभागी हुनेछन्। गुरुङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *