|
२०८३ आश्विन २७
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट असन्तुष्ट भएर टाढिएका नेता तथा कार्यकर्तालाई संवादमार्फत पुनः संगठनमा फर्काउनुपर्ने बताएका छन्।
पोखरामा पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा आयोजित शोकसभामा बोल्दै उनले कांग्रेसलाई बलियो बनाउन सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे। पार्टी निर्माणमा गाउँ–गाउँका कार्यकर्ताको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थापाले उनीहरूको भावना र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा दिवङ्गत गुरुङले पार्टी र समाजमा पुर्याएको योगदानको स्मरणसमेत गरिएको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्