|
२०८२ मंसिर १०
काठमाडौँ — काठमाडौँमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर र चितवन राइनोजबीच रोचक भिडन्त हुने भएको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दिउँसो ३ बजे हुने खेलले प्रतियोगिताको तालिका अझै रोचक बनाउने अपेक्षा गरिएको छ।
लगातार तीन खेल जितेर उत्कृष्ट फर्ममा रहेको विराटनगर हाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। टोलीले लय निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रिने छ।
उता, चारमध्ये केवल एक खेलमा मात्र जित निकाल्न सफल चितवन राइनोज भने पाँचौँ स्थानमा रहेको छ। आजको भिडन्त चितवनका लागि टर्निङ प्वाइन्ट सावित हुन सक्छ। जित हात पार्न सकेमा उसले तालिकामा उक्लने मौका पाउनेछ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्