विद्युत् महसुलको कर हटाउने मागसहित उज्यालो नेपाल फेरि सक्रिय

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

काठमाडौं । बिजुलीको बिलमा जोडिँदै आएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै उज्यालो नेपाल पार्टीले जनमत सङ्कलन अभियानलाई पुनः निरन्तरता दिने भएको छ।

पार्टीले गत भदौ १ गते सुरु गरेको हस्ताक्षर अभियान रसुवामा आएको बाढीपछि स्थगित गरेको थियो। रोकिएको अभियानलाई फेरि अघि बढाउने निर्णय गरिएको पार्टीका सचिव केदार खड्काले जानकारी दिएका छन्।अभियानलाई प्रभावकारी बनाउन पार्टीले प्रदेश, जिल्ला, पालिका र वडा तहका नेतृत्व तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा हस्ताक्षर सङ्कलन गर्न परिचालन हुन आग्रह गरेको छ।

विद्युत् महसुलमा लाग्ने कर हटाउन नागरिकको समर्थन जुटाउने उद्देश्यले अभियान अघि बढाउन लागिएको पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *