|
२०८२ आश्विन १९
काठमाण्डौँ । एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्ध हुने दुई खेलका लागि टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रसले पुरानै अनुहारलाई समेट्दै टोली घोषणा गरेका हुन् ।
आइतबार घोषणा भएका टोलीमा हङकङसँग खेलेका खेलाडीले नै निरन्तरता पाएका छन् ।
छनोटअन्तर्गत भियतनामसँग नेपालले अक्टोबर १४ मा एक खेल घरेलु मैदानमै खेल्नुपर्ने थियो । तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान अयोग्य भएपछि नेपालले उक्त अवसर गुमाएको हो ।
योसँगै नेपालले ‘होम गेम’ हो ची मिन्ह सिटीको थों न्हाट रंगशालामा १४ अक्टोबरमा खेल्नेछ । त्यसअघि नेपालले अक्टोबर ९ मा बिन दुंग रंगशालामा ‘अवे’ खेल खेल्नेछ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्