एएफसी महिला यु–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १४

काठमाण्डौँ । एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न भुटान जान लागेको नेपाली ट‍ोलीको बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा टोलीको बिदाइ गरेको हो । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि यामप्रसाद गुरुङलाई नै दिइएको छ।

उनको प्रशिक्षणमा नेपाली टोली साफ महिला यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुगेर पराजित हुन पुगेको थियो ।

बंगलादेशको ढाकामा भएको प्रतियोगिताका दुवै खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेलमा ३–२ ले पराजित भएको नेपाल अन्तिम तथा उपाधि निर्णायक खेलमा ४–० ले पराजित हुन पुगेको थियो ।

उनले भुटान जाने टोलीमा साफ महिला यु–२० च्याम्पियनसिपमा उपविजेता भएको टोलीमा रहेकी डिफेन्डर झुमा विश्वकर्मालाई मात्रै परिवर्तन गरेका छन् ।

छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *