एएफसी एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २०

एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम टोली घोषणा गरेको छ।

प्यालेस्टाइनमा हुने छनोट खेलका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरूङले बन्द प्रशिक्षणमा रहेका २५ जनाबाट शुक्रबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।

नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ। 

पहिलो चरणको छनोट मार्च ४ देखि १२ भित्र हुनेछ। नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।

दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा २०२४ को मार्च ३ देखि १६ सम्म  हुने यू-२० महिला एसियन कप खेल्नेछन्।

यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *