|
२०८२ श्रावण २१
काठमाण्डौँ । बुधबारदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ ।
समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवै सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।
केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको नेपालको मनोबल उच्च हुनेछ । भुटानलाई भने घरेलु मैदान र दर्शकको साथ हुनेछ ।
मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ यू-२० र एएफसी यू-२० एसियन कप छनोट फरक किसिमको प्रतियोगिता भएको बताए । साथै उनले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताएका छन् ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्