एसियन कप छनोटमा मलेसियाको सामना गर्न नेपाल तयार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र ११

काठमाण्डौँ । सन् २०२७ मा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले मंगलबार मलेसियाको सामना गर्दैछ । मलेसियाविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा छ । सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राती ७स्४५ बजे सुरु हुनेछ । एसियन कपमा पुग्ने अन्तिम चरणको चरणमा दुवै टोलीको लागि यो पहिलो खेल हुनेछ । दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

गत शुक्रबार सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल जितेर नेपाली टोली उत्साहका साथ मलेसिया पुगेको छ र त्यही लयलाई निरन्तरता दिँदै मलेसियाविरुद्ध कडा चुनौती पेश गर्ने लक्ष्यमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *