
सोलुखुम्बु : माप्यदुधकोशी गाउँपालिकामा अध्यक्ष कप भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ । गाउँपालिकाको आयोजनामा अध्यक्ष कप महिला तथा पुरुष भलिबल, माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो ।
उक्त कार्यक्रम यहि माघ ३० गतेबाट गाउँपालिका रंगशाला कोर्कुमा आयोजना हुनेछ । अध्यक्ष कप महिला पुरुष भलिबल प्रतियोगीता सोलुखुम्बु व्यापी वडा स्तरीय हुने आयोजकले जनाएको छ । खेलमा सहभागि हुन चाहने टोलिले माघ २९ गते भित्र टिम दर्ता गरि सक्नु पर्नेछ । प्रतियोगितामा सहभागी प्रथम, द्धितिय, तृतिय र सानत्वना हुने टिमले क्रमश ः एक लाख ११ हजार १ सय ११, ७७ हजार ७ सय ७७, ५५ हजार ५ सय ५५, र २२ हजार २ सय २२ को साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीलाई ५ हजारको साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट सेटर, डिफेन्डर, ब्लकर, लिवेरो, स्पाईकर र सर्भरलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरि, रनिङ शिल्ड प्रतियोगिता तर्फ प्रथम द्धितिय, तृतिय हुने विद्यालयलाई १० हजार, ८ हजार र ५ हजारको साथमा ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया