×

माप्यदुधकोशी गाउँपालिकामा अध्यक्ष कप भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता जारी

फाल्गुन १, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकामा बुधबारदेखि अध्यक्ष कप भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा भएको अध्यक्ष कप महिला तथा पुरुष भलिबल, माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगिताको बुधबार उद्घाटन गरिएको हो ।

नेपाल सरकारका माननीय उप–प्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतित्थ्यता तथा माननीय रक्षामन्त्री मानवीर राईको विशिष्ट आतित्थ्यतामा कार्यक्रमको उद्घाट्न गरिएको छ । प्रतियोगिता गाउँपालिकाको रंगशाला कोर्कुमा आयोजना भइरहेको छ । अध्यक्ष कप महिला पुरुष भलिबल प्रतियोगीता सोलुखुम्बु व्यापी वडा स्तरीय हुनेछ ।

यसैवीच, खेल प्रतियोगिताको साथमा सांगीतिक कार्यक्रम २०८१ को पनि आयोजना गरेको छ ।

खेल प्रतियोगितामा सहभागी प्रथम, द्धितिय, तृतिय र सानत्वना हुने टिमले क्रमश ः एक लाख ११ हजार १ सय ११, ७७ हजार ७ सय ७७, ५५ हजार ५ सय ५५, र २२ हजार २ सय २२ को साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सर्वोकृष्ट खेलाडीलाई ५ हजारको साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट सेटर, डिफेन्डर, ब्लकर, लिवेरो, स्पाईकर र सर्भरलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसैगरि, रनिङ शिल्ड प्रतियोगिता तर्फ प्रथम द्धितिय, तृतिय हुने विद्यालयलाई १० हजार, ८ हजार र ५ हजारको साथमा ट्रफि, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम फागुन २ गतेसम्म चल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: