×

माप्यदुधकोशीमा माघ ३० गतेदेखि हुने अध्यक्ष कप भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

माघ २९, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकामा हुने अध्यक्ष कप भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको तयारी पुरा भएको छ । गाउँपालिकाको आयोजनामा हुन लागेको अध्यक्ष कप महिला तथा पुरुष भलिबल, माध्यमिक विद्यालय स्तरीय रनिङ शिल्ड प्रतियोगिताको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएको हो ।

उक्त कार्यक्रम माघ ३० गते (भोली बुधबार) बाट गाउँपालिका रंगशाला कोर्कुमा आयोजना हुनेछ । अध्यक्ष कप महिला पुरुष भलिबल प्रतियोगीता सोलुखुम्बु व्यापी वडा स्तरीय हुनेछ ।

यसैवीच, खेल प्रतियोगिताको साथमा सांगीतिक कार्यक्रम २०८१ को पनि आयोजना हुँदैछ । कार्यक्रममा चर्चित गायक दिपक लिम्बु, सुनिता थिगिमलगायत अन्य स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिने छन् ।

खेल प्रतियोगितामा सहभागी प्रथम, द्धितिय, तृतिय र सानत्वना हुने टिमले क्रमश ः एक लाख ११ हजार १ सय ११, ७७ हजार ७ सय ७७, ५५ हजार ५ सय ५५, र २२ हजार २ सय २२ को साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सर्वोकृष्ट खेलाडीलाई ५ हजारको साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट सेटर, डिफेन्डर, ब्लकर, लिवेरो, स्पाईकर र सर्भरलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैगरि, रनिङ शिल्ड प्रतियोगिता तर्फ प्रथम द्धितिय, तृतिय हुने विद्यालयलाई १० हजार, ८ हजार र ५ हजारको साथमा ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: