×

पीएनजीले टस जित्यो, नेपाल ब्याटिङमा

फाल्गुन २५, २०७९ | दाक्सु मिडिया सम्वाददाता

घरेलु टोली नेपाल र पपुवा न्युगिनी (पीएनजी)को खेल सुरु भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु त्रिकोणात्मक सिरिज अन्तर्गतको खेल कीर्तिपुरस्थित टीयू मैदानमा जारी छ ।

टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ ।

नेपालले पपुवा न्युगिनी र युएईसँग घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दै छ ।

यूएईमा आयोजित त्रिकोणात्मक सिरिज सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली गत मंगलबार स्वदेश फर्किएको हो । लिग टुको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेल्न युएई भ्रमण गएको नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो ।

नेपालले पपुवान्युगिनी र घरेलु टोलीसँग समान २/२ खेल खेलेको थियो । जसमा पपुवान्युगिनीसँगका दुवै खेल जित्यो भने युएईसँगको पहिलो खेल हारेको थियो ।

त्यस्तै, फागुन २८ मा युएईसँग दोस्रो खेल र २९ मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेलमा चैत २ मा युएईसँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: