×

लिग टु : युएईविरुद्ध पीएनजी पहिले ब्याटिङमा

चैत्र १, २०७९ | दाक्सु मिडिया सम्वाददाता

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत यूएईविरुद्धको खेलमा पपुवा न्युगिनी (पीएनजी) ले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा युएईमाथि पीएनजी लगातार पाचौँ खेलमा जित हात पार्ने लक्ष्यमा छ । पाँच दिन अघि पीएनजीले युएईविरुद्ध ५६ रनको जित हात पारेको थियो । विश्वकप क्रिकेट लिग टु मा पपुवा न्युगिनीको यो अन्तिम खेल हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले बनाएको २ सय ४६ रनको लक्ष्य पछ्याउनेक्रममा युएई १ सय ९० रनमा अलआउट भएको थियो । त्यसैले आजको खेलमा युएई आफ्नो ब्याटिङ र बलिङ दुबैमा सकारात्मक सुधार ल्याउने पक्षमा हुनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: