पिएनजीविरूद्ध नेपालले टस हार्‍यो, पहिले फिल्डिङ गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १९

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ। 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पिएनजीविरूद्ध नेपालले टोलीमा एक परिवर्तन गरेको छ।  तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिइएको छ। 

नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ। शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले ६ मध्ये ४ जित आवश्यक हुन्।

बिहीबार घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको नेपालले युएईमै पहिलो खेलमा पिएनजीलाई हराएको थियो।

नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ। पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ।

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *