|
२०८३ भाद्र २१
नुवाकोट । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ ।
बाढीका कारण विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनःस्थापित गर्न एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ ।
नेपाली सेनाको इन्जिनियरिङ फौजले देवीघाटस्थित तादी नदीमा ६० मिटर लामो र ५.५ मिटर चौडा एक्रो ब्रिज निर्माण गरिरहेको छ । उक्त पुलले ५० टनसम्म भारवहन गर्न सक्ने बताइएको छ ।
बाढीका कारण पुल तथा सडक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले वैकल्पिक पुल निर्माण अघि बढाएको हो ।
एक्रो ब्रिज निर्माण सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्