वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १६

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाखदेखि विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएको ब्रिज कोर्समा रोक लगाउने निर्णय गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका ब्रिज कोर्स आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको मन्त्रालयले जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वैशाखदेखि विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएको ब्रिज कोर्समा रोक लगाउने निर्णय गरेको छ ।

अनुगमन गर्दा कार्यक्रमहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको गर्ने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *