|
२०८३ भाद्र ३
कञ्चनपुर । महाकाली नदीको बाढीबाट हुने क्षति न्यूनीकरण गर्न कञ्चनपुरमा १ हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरका अनुसार रु ११ करोड ६५ लाख लागतमा दोधारा चाँदनी क्षेत्रमा तटबन्ध निर्माण गरिएको हो। महाकाली नदीमा ५०७ मिटर, जोगबुढा नदीमा २५५ मिटर र झोलुङ्गे पुल क्षेत्रमा ४५८ मिटर आरसिसी तटबन्ध निर्माण गरिएको छ।
तटबन्ध निर्माणपछि महाकाली र जोगबुढा नदीको बाढीबाट वर्षेनि प्रभावित हुँदै आएको दोधारा चाँदनीको कुतियाकवर बस्ती सुरक्षित हुने अपेक्षा गरिएको छ। यस क्षेत्रको बाढी नियन्त्रण तथा नदी व्यवस्थापनका लागि पुराना तटबन्धको मर्मतसम्भारसमेत भइरहेको आयोजनाले जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्