कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौं । नागढुंगा-मुग्लिन सडकअन्तर्गत कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग सुनसान बनेको छ । पृथ्वी राजमार्ग भई गुड्ने सवारी साधनको आवातजावत रोकिँदा सडकखण्डका होटल, पलसहरू छन् ।

काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै जाने गाडीहरू कलंकीमा रोकिएका छन् । राजधानीलाई देशका अन्य भाग र वाह्य बजारसँग जोड्ने मुख्य ‘लाइफलाइन’ मानिएको काठमाडौं–मुग्लिन खण्ड (पृथ्वी राजमार्ग) पूर्णरूपमा अवरुद्ध भएको छ ।

सडक विभागले मुग्लिन–काठमाडौं सडकखण्डमा पर्ने कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार आइतबार प्राविधिक टोली पुगेर त्यस क्षेत्रको सूक्ष्म अध्ययन गर्दैछ । सोही टोलीले दिने सुझावका आधारमा सडक पुनः सुरु गर्न काम थालिने छ ।

‘एक त आफैंमा यो जटिल भूगोल भएको क्षेत्र हो,’ महानिर्देशक जैसीले भने, ‘त्यसमाथि नदीले तलबाट कटान गरिरहेका कारण जोखिम मूल्यांकनपछि मात्रै हामी निर्णय लिन्छौं ।’

यसको अर्थ अहिले तत्कालै सडक पुनः सुरु हुने सम्भावना छैन । ढुवानीको मुख्य मार्ग नै काटिएपछि काठमाडौं उपत्यकामा महँगी र अभावको समस्या हुने हो कि भन्ने त्रास उपभोक्तामा फैलिन थालेको छ ।

मुख्य सडकमार्ग बाढीले अवरुद्ध पारेका कारण काठमाडौं उपत्यकाको मुख्य तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा पनि आपूर्ति व्यवस्था प्रभावित हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *