बाढी–पहिरोले मुख्य राजमार्ग अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १४

काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार दर्जनौँ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

कान्तिलोकपथ, मेची राजमार्ग, त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी, अरनिको र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक बन्द भएको छ। बेनी–जोमसोम र मुगुका सडकखण्डमा पनि यातायात रोकिएको प्रहरीले जनाएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग तथा कान्तिलोकपथका केही खण्डमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले अवरुद्ध सडक खुलाउने काम भइरहेको जनाउँदै प्रतिकूल मौसमका कारण अत्यावश्यकबाहेक यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *