पृथ्वी राजमार्गको सेरा सडकखण्ड पुन: अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २३

तनहुँ : पृथ्वी राजमार्गस्थित सेरा सडकखण्ड पुनः अवरुद्ध भएको छ । करिब १२ घण्टापछि सञ्चालनमा आएको सडकखण्ड पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बताए ।

झरीका कारण सडक हिलाम्मे हुँदा सवारी साधन फसेर पुन अवरुद्ध भएको थियो । यस्तै म्याग्दे गाउँपालिकास्थित मनहरीमा पनि सवारी साधन फसेर बाटो अवरुद्ध भएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण म्याग्दे गाउँपालिका-६ र शुक्लागण्डकी नगरपालिका-७ सेरास्थित फेदीखोला रहेको कल्भर्ट शनिबार बगाएको थियो । उक्त ठाउँमा माटो हालेर सडक सञ्चालनमा ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *