फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २२

चितवन : चितवनको इच्छाकामना ३ मा पर्ने फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग बन्द भएको छ ।

लगातार परेको वर्षाको कारण फिस्लिङभन्दा केही अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुबैतर्फ बाटो खुलाउने काम भइरहेको र दिउँसोको करिब १ः५० बजे खसेको पहिरो पन्छाउन एक घण्टाभन्दा बढी लाग्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *