काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २८ सय रूपैयाँले घटेको छ ।
गत बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम भएकोमा आज २८ सय रूपैयाँले घटेर १ लाख ६८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ९० रुपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले घटेर २ हजार ३० रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया