×

सुनको मुल्यमा भारी गिरावट

साउन २२, २०८१ | दाक्सु मिडिया

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएकोमा आज २३ सय रूपैयाँले घटेर १ लाख ४७ हजार ७०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ८५ रुपैयाँ कायम भएकोमा आज ६० रूपैयाँ घटेर १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: