सुनको मूल्यमा भारी गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ३०

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २२ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रूपैयाँ कायम भएकोमा आज २ हजार २ सय रूपैयाँले घटेर १ लाख ५० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १८ सय ४० रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *