
काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँ कायम भएकोमा आज ३५ रुपैयाँले बढेर १ हजार ९ सय ३० रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया