गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १८

गुल्मी : गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।

बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो । उनको उपचारको क्रममा पाल्पा मिसन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *