×

गुल्मी बस दुर्घटना : सहचालकको मृत्यु, चालक गम्भिर, १२ जना घाइते

जेष्ठ ४, २०८१ | दाक्सु मिडिया सम्वाददाता

गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको हो । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादी स्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते सबैको पाल्पामा उपचार भइरहेको छ । बस सडकबाट अन्दाजी ५०-६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा १३ जना सवार रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: