दाङ : दाङको तुलसीपुरमा बाढीले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता छिन्। बबई नदीमा आएको बाढीले बगाउँदा तुलसीपुरमा एक महिला बेपत्ता भएकी हुन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मटेराकी १९ वर्षीया सम्झना चौधरीलाई बुधबार बिहान बबई तर्ने क्रममा बगाएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए। बबई पारी आफन्त कहाँ जान खोजेकी चौधरीलाई बाढीले बगाएर बेपत्ता पारेको हो।
तेसैगरी तुलसीपुुर वडा नम्बर ३ की ५१ वर्षीया तारा गुरूङलाई गोटीखोलास्थित साङ्ले खोलाले बगाउँदा मृत्यु भएको छ। गुरूङलाई खोला तर्ने क्रममा मंगलबार दिउँसो साङ्ले खोलाले बगाएको र शव झन्डै डेढ सय मिटर दक्षिणमा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता प्रकाश थापाले जानकारी दिए।
बेपत्ता सम्झना स्थनीय २० वर्षीय रोशन चौधरीको श्रीमती रहेको तथा उनको खोजी कार्य स्थानीय र प्रहरी मिलेर गरिरहेका छन्। चौधरीको खोजीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको टोली र इप्रका मलबारबाट प्रहरी नायव निरीक्षक गणेशबहादुर सिंहको कमाण्डमा तीन जनाको टोली खटिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्