विश्वकपबाट बाहिरिएसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट डेभिड वार्नरको सन्यास

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ११

काठमाडौँ : अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। अस्ट्रेलिया आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे अन्तर्राष्ट्रिय करियरमा पूर्णबिराम लगाएका हुन्।

३७ वर्षे वार्नरले पहिलो टी २० र पहिलो वान डे २००९ को जेनवरीमा साउथ अफ्रिकाविरुद्ध तथा पहिलो टेष्ट २०११ मा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। आफ्नो अन्तर्राष्ट्रिय करियरमा उनले ११२ वटा टेष्ट म्याचमा ८,७८६ रन, १६१ वटा वान डेमा ६,९३२ रन र ११० वटा टी २० मा ३,२७७ रन बनाएका छन्।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा वार्नरले भारतविरुद्ध मात्र ६ रन बनाउन सके। वार्नरले आफ्नो अन्तिम वान डे गत नोभेम्बरमा भएको विश्वकपमा भारतविरुद्ध र टेष्ट गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *