×

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप भोलिदेखि सुरु, नेपाललाई म्यानमार तगारो

फाल्गुन ४, २०८१ | दाक्सु मिडिया

काठमाडौँ । काठमाडौंमा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप शुरु हुने भएको छ । नेपाल र म्यानमारसहित किर्गिस्तान र लेवनान गरी ४ वटा देशको सहभागिता रहने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो ।

विगतमा भएको प्रतिस्पर्धा र उनीहरुको पछिल्लो स्थिति हेर्दा नेपालका लागि म्यानमार सबैभन्दा बलियो प्रतिस्पर्धी मानिएको छ। फिफा वरीयतामा म्यानमार नेपालभन्दा माथि रहेको छ भने किर्गिस्तान र लेवनान वरीयतामा नेपालभन्दा तल छन् ।

फिफा महिला विश्व वरीयतामा ५५औं स्थानमा रहेको म्यानमारलाई यो प्रतियोगिताको उपाधि दाबेदारका रूपमा लिइएको छ। नेपाल र म्यानमारबीच ३ पटक प्रतिस्पर्धा भएको छ। जसमा म्यानमारले २ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ।

सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपाल र म्यानमारले १-१ को बराबरी खेलेका थिए भने सन् २०१९ मा भारतमा सम्पन्न हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३-० तथा फाइनलमा ३-१ ले पराजित भएको थियो।

सन् २०२२ मा भारतमा भएको एएफसी महिला एसियन कप सहित पाँच पटक एसियन कप खेलीसकेको अनुभवी म्यानमारलाई रोक्न सके नेपालको उपाधिको सम्भावना अधिक रहने विश्लेषण गरिएको छ। म्यानमार पछिल्लो पटक गत अक्टोबरमा हङकङसँग भएका दुवै मैत्रीपूर्ण खेलमा समान ४-१ ले विजयी हुँदै हौसिएको छ।

किर्गिस्तान र लेबनान म्यानमारभन्दा कम बलियो टोलीका रुपमा लिइएको छ। यसअघि नेपालले किर्गिस्तान र लेवनानसँग मात्र एकएक पटक प्रतिस्पर्धा गरेको छ। यस्तै सुरुवाती खेलमा नेपाललाई म्यानमार तगारो हुने देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: