
सोलुदुधकुण्ड नगरपालिका वडा न १ का दुई बिदयालय सरस्वती आधारभुत र टाक्सिन्दु माध्यामिक बिदयालयलाई आर्थिक सहयोग गर्दै आइरहेको आइसल्याण्ड निवासि मुटु रोग विशेषज्ञ डा.थोमस गुडप्याक्सन र टैबुक निवासि समाजसेबि दण्डी शेर्पाले दुई बिद्यालयलाइ स्थलगत निरिक्षण गर्नु भएको थियो । टाक्सिन्दु माध्य्यामिक बिदयालयका विद्यार्थीहरुलाई बिगत बर्षमा बिदयालय पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गर्दै आइरहन्नु भएको थियो। आइसल्याण्ड निवासी डा.डा.थोमस गुडप्याक्सन सोलुखुम्बुको भिबिन्न क्षेत्रमा भ्रमण गर्दै यस स्थानिय क्षेत्रमा शैक्षिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्ध स्थलगत निरिक्षण गर्दै व्यक्त गर्नु भएको हो । टैबुक निवासि देण्डि शेर्पाले टाक्सिन्दुका बालबालिकाहरुलाई शैक्षिक तथा आर्थिक सहयोग गर्दै आइरहन्नु भएको थियो। उहाँ सहयोगीदाताद्वारा टाक्सिन्दु माद्यामिक बिद्यालयका शिक्षकलाई पोसाक र बिध्यार्थिलाई शैक्षिक सामग्री सहित पोशाक वितरण गर्नु भएको हो। साथै सेन्डुप थार्लिङ गुम्बा टाक्सिन्दुमा समेत पोशाक वितरण गर्नु भएको हो ।
शैक्षिक क्षेत्रको सर्बार्गिन बिकासको लागि पर्यटकीय नागरिकले आफनो स्थानिय तहमा अतुलनीय सहयोग प्रदान गरेकोमा वडा प्रतिनिधि तथा समग्र वडा मार्फत सम्मान प्रत्र प्रदान गर्नु भएको थियो।
स्थलगत निरीक्षण गर्दै आगामी दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्ने डा.डा.थोमस गुडप्याक्सले नगरपालिकाको फुलेलि, नुन्थला र टाक्सिन्दुको कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया