रुस । युक्रेनले गरेको भनिएको ठूलो ड्रोन आक्रमणमा रुसको मस्को क्षेत्रमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार आक्रमणमा आवासीय भवनमा क्षति पुगेको छ । सोफिनोमा तीनतले भवनमा ड्रोन प्रहार हुँदा ४४ वर्षीया महिलाको मृत्यु भएको र दुई बालबालिकासहित पाँच जना घाइते भएका छन् ।
ओरेखोभो–जुयेभो जिल्लामा निजी घरमा ड्रोन प्रहार हुँदा एक वृद्धको मृत्यु भएको छ ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ आएका ४५० वटा ड्रोन खसालिएको दाबी गरेका छन् । उनका अनुसार ड्रोन आक्रमणका कारण केही घरमा आगलागी हुनुका साथै तेल प्रशोधन केन्द्रको एउटा संरचनामा क्षति पुगेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रका महत्वपूर्ण रुसी तेल संरचना र एउटा लजिस्टिक केन्द्रलाई युक्रेनी सेनाले निशाना बनाएको पुष्टि गरेका छन् ।
यसअघि शनिबार रुसी आक्रमणमा युक्रेनको राजधानी किभ र सुमी क्षेत्रमा आठ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । मृतकमध्ये तीन जना बालबालिका रहेको जनाइएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्