नेचासल्यान : हिमाल दर्शनमा ‘एक कक्षा कोठा-एक घडी’ को ब्यबस्था,सरस्वती मन्दिर शिलान्यास

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ५

सोलुखुम्बु।नेचासल्यानमा रहेको श्री हिमाल दर्शन माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको शिलान्याससंगै ‘एक कक्षा कोठा-एक घडी’ को ब्यबस्था गरिएको छ।

नेचासल्यान गाउँपालिका अध्यक्ष धन्जन राईको प्रमुख आतिथ्यमा बुधबार विद्यालयमा आयोजित कार्यक्रममा मन्दिर शिलान्याससंँगै २० वटा भित्ते घडी हस्तान्तरण गरिएको हिमाल दर्शन माबि पूर्ब विद्यार्थी समाजका सचिब हरि आचार्यले जानकारी दिए।

सरस्वती मन्दिर निर्माण र ‘एक कक्षा कोठा-एक भित्ते घडी’ को ब्यबस्था माघमा आयोजना हुने विद्यालय स्वर्ण महोत्सवका लागि पूर्ब विद्यार्थी समाजले गरेका १० संकल्पभित्र पर्ने कार्यक्रममा जानकारी गराईएको थियो।१० मध्ये २ वटा संकल्प यसअघि नै पूरा गरिएको र अरु संकल्प कार्यान्वयनको चरणमा रहेको समाजका अध्यक्ष दिनराज बास्तोलाले जानकारी दिए।

सोही विद्यालयका पूर्ब विद्यार्थी इन्जिनियर बिनोद बास्तोलाले डिजाइन गरेको सरस्वती मन्दिरको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राईले गरेका हुन्।मन्दिर शिलान्यास गर्दै अध्यक्ष राईले हिमाल दर्शन पूर्ब विद्यार्थी समाजले अनुकरणीय काम गर्दै आएको बताएका थिए।समाजले ल्याएका नयाँ नयाँ कार्यक्रमको अनुसरण अन्यत्र पनि हुन थालेको चर्चा गर्दै अध्यक्ष राईले यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिंदै शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय प्रशासनलाई घच्घच्याई रहन पनि आग्रह गरेका थिए।

समाजका अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमलाई बिशेष अतिथि नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राई,विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोला, निमित्त प्रधानाध्यापक लाल प्रसाद बास्तोला लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए। डिजाइन अनुसारको आकर्षक सरस्वती मन्दिर आगामी माघ दोश्रो हप्तासम्ममा निर्माण सम्पन्न गरिने बताईएको छ।

मन्दिर निर्माणका लागि झण्डै १२ लाख बढीको लागत अनुमान गरिएको जानकारी दिंदै समाजका अध्यक्ष बास्तोलाले त्यसका लागि आ-आफ्नो तर्फबाट सकेको सहयोग गर्न अपिलसमेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *