|
२०८३ आश्विन ४
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका हुन्। भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला छन्।
भदौमा सबैभन्दा धेरै १८ हजार ४७७ जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतार, मलेसिया, साउदी अरेबिया र कुवेत प्रमुख गन्तव्य बनेका छन्। जिल्लागत रूपमा धनुषाबाट सबैभन्दा धेरै ३ हजार १६ जनाले श्रम स्वीकृति लिएका छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्