लिखुपिकेमा शिक्षकहरुका लागि आधारभूत मनोसामाजिक सहयोग तालिम सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८० पुष २८

सोलुखुम्बु।रीड नेपालको आयोजनामा लिखुपिके गाउँपालिकाको समन्वयमा शिक्षकहरुका लागि आधारभूत मनोसामाजिक सहयोग तालिम सम्पन्न भएको छ !

हिमगंगा माध्यमिक विद्यालय्मा संचालित कार्यक्रमको समापन गाउँपालिका शिक्षा प्रमुख रेखराज बस्नेतले गर्नुभएको हो।त्यस अवसरमा वहाँले सिकेका कुरा व्यवहारमा लागु गर्न शिक्षकलाई आग्रह गर्नुभएको थियो।

२५ गतेबाट सुरु तालिममा पालिका भित्रका १४ जना शिक्षकको सहभागिता रहेको रीड नेपालका शिक्षा विकास अधिकृत राजीव ढुंगानाले जानकारी दिनुभयो।

विद्यालयमा विभिन्न बालबालिकाहरु हुने र बालबालिकाहरुमा विभिन्न मानसिक समस्या हुन सक्ने भएकोले शिक्षकले बालबालिकाको मनोभावना बुझेर शिक्षण गर्न सहज होस् र आधारभूत मानसिक समस्या पहिचानमा सहयोग पुगोस् नहान्ने हेतुले तालिमको आयोजना गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो।

यसअघि यही प्रकृतिको तालिम खुम्बु बाहेक नगर पालिका र अन्य सबै गाउँपालिकामा सम्पन्न गरी सकेको रीड नेपालले जनाएको छ तालिमको सहजीकरण मनका कुरा सस्थाका प्रशिक्षक अन्जल भट्टले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *