बुद्धि किरण राई लगायत निर्वाचित जनप्रतिनिधि लाई भब्य सम्मान

DaksuMedia दाक्सु मिडिया
|
२०७९ आश्विन ३

नेकपा एमाले सोलुखुम्बु-काठमाडौ सम्पर्क मञ्चले बुद्धि किरण राई लगायत जिल्लाका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा सोलुखुम्बु प्रतिनिधि सभा सदस्य उम्मेदवार मान वीर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित जिल्लाका सबै स्थानिय तहका जनप्रतिनिधि लाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
बुद्धि किरण राई दोश्रो पटक माप्य दुधकोशी गाउपालिकाको नेतृत्वको लागि निर्वाचित हुनुभएको हो । २०७४ सालमा एक्ला एक्लै चुनावी मैदानमा दलहरु आएका थिए । तर वैशाख ३१ मा भने गठबन्धन संग भारी मतका साथ निर्वाचित हुनुभएको थियो । गठबन्धनको बिचमा पनि एमाले पाटी र बुदि किरण राईको प्रभावका कारण माप्यमा पुन जित हासिल गरेको एक नेताले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मान वीर राईले संघीय निर्वाचनको लागि पाटिले आफुलाई एकल सिफारिस गरेकोमा खुसी व्यक्त गर्दै जितको लागि सबैको सल्लाह सुझाव समेट्दै चाडै चुनावी एजेन्डा प्रस्तुत गर्ने बताउनु भयो यसको लागि उहाले सबै नेता  कार्यकर्तालाई एक जुट हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा १ नम्बर प्रदेश कमिटी सदस्य जिल्ला कमिटी आठ स्थानीय तथका नेता कार्यकर्ताको बाक्लो उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *