×

टाक्सिन्दुका झण्डै ३०० शिक्षक विद्यार्थीलाई शेर्पाको सहयोग

फाल्गुन १९, २०७९ | दाक्सु मिडिया

प्रदिप खालिङ/सोलुखुम्बु
टाक्सिन्दुका गुम्बा र बिध्यालयमा शैक्षिक सामग्री तथा ज्याकेट शेर्पा द्वारा बितरण
सेन्डुप थर्लिङ गुम्बा र टाक्सिन्दु माध्यामिक बिद्यालयका शिक्षक, बिध्यार्थिहरुलाई ज्याकेट र शैक्षिक सामग्री आइसल्याण्डको आर्थिक सहयोगमा समाजसेबि तेन्डि शेर्पाद्वारा बितरण गर्नु भएको हो ।

टाक्सिन्दुमा अवस्थित गुम्बाका ७० जना शिक्षक तथा लामाहरु र टाक्सिन्दु माध्यामिक बिध्यालयका २० जना शिक्षकहरुलाई ज्याकेट प्रदान गर्नु भएको हो । उक्त बिध्यालयमा अध्ययनरत २०८ जना बिध्यार्थिहरुलाई शैक्षिक सामाग्री बितरण गर्नु भएको जानकारि शेर्पाले दिनु भयो ।

टाक्सिन्दुका समाजसेबि शेर्पाले आफ्नै गाउँ शैक्षिक क्षेत्र र अध्ययनरत बिध्यार्थिहरुको शैक्षिक भबिस्यको राम्रो उन्नति रहोस भन्ने अपेक्षाले यो बितरण कार्यक्रम गरेको शेर्पाले बताउनु भयो ।
आइसल्याण्डमा रहनु भएका तेन्डि शेर्पाको पर्यटकिय नागरिक साथिहरुको ५ लाखको शैक्षिक सामग्री सहयोग शेर्पाको बिशेष पहलमा बितरण कार्यक्रम सप्पन्न भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: