×

आङगेलु शेर्पाको “मेरो प्रयास” एकल साझ हुने

बैशाख १४, २०८० | दाक्सु मिडिया सम्वाददाता

टाक्सिन्दु मा वि नुन्थालाको सहयोगार्थ गायक आङगेलु शेर्पाको “मेरो प्रयास” एकल साझ हुने भएको छ ।
आउदो वैशाख ३० गते नुन्थाला मा वि को प्राङ्गणमा शेर्पाको साथमा रोज मोक्तान, बिसन मकारुङ, मिना राई, हास्यकलाकार उमेश राई (फुलान्दे की आमाको साथमा निमा गेलु लामा र स्थानीय कलाकारहरुको प्रस्तुति रहने आङगेलु शेर्पाले जानकारी दिए ।
कार्यक्रमको मुख्य उद्देश्य टाक्सिन्दु मा वि लाई उच्च मा वि बनाउन आर्थिक अक्षयकोष स्थापना गर्ने रहेको छ । एकल साझ र कार्यक्रमको लागि शेर्पा न्युयोर्क देखि शनिबार नेपाल आउदै छन । उनले दर्जनौं गीत गाईसकेका छन । गीत संगीत संगै शेर्पा समाज सेवामा पनि अग्रसर छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: