कुमार प्रयास राई जिताऔं अभियानका लागि माप्यदुधकोशी गाउँपालिकाले गर्‍यो १ लाख ९८ हजार सहयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८० पुष २७

सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले भ्वाइस अफ नेपाल सिजन-५ का प्रतिस्पर्धी गायक कुमार प्रयासलाई १ लाख ९८ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

प्रतिस्पर्धाको फाईनल राउन्डमा पुगेका गायक राईलाइ राजधानी काठमाडौंको ‘सुकेधारामा गाउँपालिकाद्वारा आयोजित शैक्षिक अवलोकन भ्रमण तथा प्रधानाध्यापकहरुको क्षमता अभिबृद्दी तालिम’मा कुमार प्रयास राई जिताऔं अभियानका लागि अध्यक्ष बुद्धिकिरण राईले सो सहयोग रकम हस्तान्तरण गरेका हुन्।

सहयोग कूल रकममध्ये गाउँपालिकाको तर्फबाट ६० हजार रुपैयाँको चेक,जनप्रतिनिधि तथा कर्मचारीबाट संकलित ७६ हजार र प्रधानाध्यापकहरुको तर्फबाट ५३ हजार नगद रहेको गाउँपालिका उपाध्यक्ष गौरब राईले रहस्य खबरलाई जानकारी दिए।

गायक प्रयास राई सोलुखुम्बु सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका हो।उनी भ्वाइस अफ नेपाल सिजन-५ को फाईनल राउन्डमा प्रबेश गरेका छन्।प्रतिस्पर्धाको फाईनल आज हुंदैछ।

सहयोग रकम हस्तान्तरण गर्दै कुमार प्रयास भ्वाइस अफ नेपालको प्रतिस्पर्धामा फाईनल राउन्डमा प्रवेश गर्दा अत्यन्तै खुसी लागेको बताउंदै यसको उपाधी हात पारेर समग्र सोलुखुम्बु जिल्लाको गौरव बढाउन शुभकामना व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *