×

सोलुखुम्बु टाप्टिङमा वडा स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने ।।

अशोज १८, २०८१ | दाक्सु मिडिया

सोलुखम्बुको सोलुदुधकुण्ड नगरपालिक १० टाप्टिङमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्वर्गिय देण्डी शेर्पाको स्मृतिमा वडा नमबर १० टाप्टिङ र सेभेन समिट फाउण्डेसनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

सोलुदुधकुण्ड नगरपालिका १० खाम्दिङ विद्यालयमा हुने प्रतियोगिता कार्तिक २२ गतेदेखि २५ गतेसम्म हुने वडा अध्यक्ष होमबहादुर मगरले जानकारी दिनु भएको छ ।  प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमशः १ लाख ५ रुपैयाँ, ७७ हजार, ५३ हजार र २७ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै, उत्कृष्ट प्रशिक्षकलाई ३ हजार, सार्वोकृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई नगद २५ सयको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने वडाले जनाएको छ ।

यसैवीच, कार्तिक २४ र २५ गते निशुल्क आँखा तथा दन्त शिविरको आयोजना गरिएको छ । शिविर वाङछु शेर्पा प्राथमिक अस्पताल खाम्दिङमा हुने अध्यक्ष मगरले बताउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: