
सोलुखुम्बु ः खुम्बुपासाङल्हामु गाउँपालिकामा पाँचौ ङिम दोर्जी शेर्पा स्मृति रनिङ गोल्डकप गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाका प्रथम अध्यक्ष स्वर्गिय ङिमदोर्जी शेर्पाको स्मृतिमा खरिखोला माध्यामिक विद्यालयको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।
प्रतियोगिता यहि फागुन २९ गतेबाट चैत्र २ गतेसम्म खरिखोला माध्यामिक विद्यालय सिक्ली १ मा सञ्चालन हुनेछ । गाउँपालिका भित्र रहेका विभिन्न क्लब, युवा समुह, वडा, विद्यालय, टोलविकास संस्था, सामुदायिक वनलगायतका संघसंस्थाले भलिबल समुहसहित सहभागिता जनाउन पाउने छन् ।
टिम दर्ता फागुन २८ गते कार्यलय समय भित्र गर्नु पर्नेछ भने टिमदर्ता सुल्क ५ हजार तोकिएको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई गोल्डकप, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ भने गोल्डकप फिर्ता गरे बापत नगद ५ लाख रुपैँया प्रदान गरिनेछ । दोस्रो हुने टिमले ६० हजारको साथमा ट्रफि, मेडल प्रमाणपत्र पाउनेछन् । तेस्रो हुने टिमले ४० हजारको साथमा ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफि, प्रमाणपत्र प्रदान गरिने आयोजनकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया