
काठमाण्डौँ । सहकारी पीडितहरूले काठमाण्डौंमा अर्धनग्न प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।
उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।
सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् । उनीहरुका माग सरकारले सम्बोधन गरेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया