काठमाण्डौँ । संसदमा विद्यालय शिक्षासम्बन्धी विधेयक पेश भए लगतै निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले आन्दोलन चर्काएका छन् । अघिल्लो शुक्रबारदेखि राजधानीमा निजी विद्यालयका शिक्षकहरूले आन्दोलन सुरू गरेका हुन् ।
प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका छन् ।
विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्तिको व्यवस्था र गैरनाफामुलक भन्ने व्यवस्था हटाउनु पर्ने उनीहरुको माग छ । माग सम्बोधन नभए विद्यालय नै बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् । शिक्षाको गुणस्तर र श्रम अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित उनीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।
यसअघि निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले माग पूरा नभए भदौ ९ गतेबाट विद्यालय बन्द गरेर आन्दोलन चर्काउने चेतावनी पनि दिएका थिए । निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले सरकारले आफ्ना मागहरू बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
भदौ ५ गते माइतीघरमा प्रधानाध्यापकहरू ब्यानरसहित प्रदर्शन गरेका थिए । भदौ ६ गते देशभरका विद्यालय बसहरू कालो झण्डा झुण्ड्याएर नगर परिक्रमा गर्ने, काठमाडौंमा र्याली गर्ने र शिक्षा समिति तथा संसद घेराउ गर्ने कार्यक्रम तय गरेका छन् ।
विधेयकबाट ‘निजी विद्यालयलाई गैरनाफामुलक बनाइने’ भन्ने वाक्यांश नहटाए विद्यालय बन्द गर्ने उनीरूको चेतावनी छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्