×

स्ववियु निर्वाचन : महेन्द्र मोरङ क्याम्पसको सभापतिमा यादवको उम्मेदवारी घोषणा

फाल्गुन २४, २०७९ | दाक्सु मिडिया

अखिल (क्रान्तिकारी) महेन्द्र मोरङ क्याम्पस कमिटीद्वारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव (विकास) र सचिवमा आशिका लम्सालको उम्मेदवारी घोषणा गरिएको हो । 

बिहीबारसम्ममा अन्य पदाधिकारी र सदस्यहरू टुंगो लगाउने अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसको इन्चार्ज अभिमन्यु यादवले बताए । महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको उम्मेदवारी दिएका यादव महेन्द्र मोरङ क्याम्पसमा बीबिएस प्रथम वर्षमा अध्ययनरत हुन् । सचिवमा उम्मेदवारी दिएकी लम्साल बिए अन्तर्गतको राजनीतिक शास्त्र लिएर अध्ययनरत छिन् । उनी अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीको अध्यक्ष पनि हुन् । 

उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार लम्सालले विद्यार्थीहरूको हकहितमा लागि पर्ने बताइन् । महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि विद्यार्थीहरूलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्ने आफ्नो एजेण्डा रहेको उनले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: