×

सभापतिमा उम्मेदवारी दिने कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङको घोषणा

भदौ १६, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता गुरुङले कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेविसंघका पूर्वसभापति समेत रहेका उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन्।

यसअघि काँग्रेस उपसभापति विमलेन्द्र निधीले सभापतिमा उम्मेद्वारी घोषणा गरी चुनावी अभियान चलाइसकेका छन् । काँग्रेसमा यसपटक सभापतिमा धेरै उम्मेद्वार हुने देखिएका छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति शेर बहादुर देउवाले एकपटक फेरी दोहोरिने आशा राखेका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह लगायतले पनि आकांक्षा राखेका छन् । यद्यपि संस्थापन इतर समूहले साझा उम्मेद्वारी दिने विषयमा छलफल गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: