×

चैत्र ५ गते रोकिएको पाटन क्याम्पसको स्ववियु चुनाव १६ हुने

चैत्र १३, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । पाटन क्याम्पसमा मतदाता कार्ड विवादका कारण रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव १६ चैतमा हुने भएको छ ।

चैत ५ मा ११९ मत खसेपति रोकिएको मतदान प्रक्रिया विद्यार्थी संगठनबीच सहमति भएपछि १६ चैतमा गर्न लागिएको क्याम्पस प्रमुख रघुवीर विष्टले बताएका छन् ।

विद्यार्थी संगठनकै सहमतिमा चुनावको मिति प्रस्ताव गरिएको हो । मतदाता कार्डको विषयमा विवाद भएपछि ५ चैतमा मतदान रोकिएको थियो । खसेको ११९ मत पनि गणना गर्ने सहमति भएको उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: