स्थगित क्याम्पसमा चैत १२ भित्रै स्ववियु चुनाव गर्न त्रिवि उपकुलपति बास्कोटाको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ६

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले स्थगित भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्ववियु चुनाव गरिसक्न आग्रह गरेका छन्।

१४ वर्षपछि त्रिवि, त्रिविका आंगिक क्याम्पस र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार स्ववियु चुनाव भएको थियो।

काठमाडौं उपत्यकाभित्रका ७ वटा क्याम्पसमा आइतबार स्ववियु चुनाव हुन सकेन। मतदाता विवादलगायत कारणले स्ववियु चुनाव रोकिएका थिए।

उपकुलपति बास्कोटाले चैत १२ गतेदेखि परीक्षाहरू सञ्चालन हुने भएकोले त्यसअघि नै रोकिएका क्याम्पसमा स्ववियु चुनाव सक्न आग्रह गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *