×

माप्य दुधकोशी गाउँपालिकामा राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको अन्तिम तयारी

पुस २४, २०७९ | दाक्सु मिडिया

माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा हुने विद्यालय स्तरिय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । भोलि सोमबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पालिकाले जनाएको छ ।

राष्ट्रपनि रनिङ शिल्ड अन्तर्गत खुला वडा स्तरीय महिला तथा पुरुष भलिवल, डबल महिला पुरुष ब्याडमिन्टन, कराँते, तेक्वान्दो, उसु लगायतका खेलहरुको आयोजना गरिएको छ ।

पालिका भित्र रहेका ६ वटा माध्यमिक र १ वटा आधारभूत गरि ७ वटा विद्यालयका खेलाडिहरुको सहभागिता रहने पालिका अध्यक्ष बुद्धीकिरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईले सबै विद्याका खेलमा सहभागि हुने खेलाडिहरुलाई अनुशासनमा रहेर खेल प्रदर्शन गर्नका लागि आग्रह गर्नुभयो ।

खेल संयोजक नवराज राईका अनुसार सटफुटको साथमा १०० मिटर र १५०० मिटरको दौड प्रतियोगिता भोलि बिहान ८ बजे सुरु हुनेछ । वडा स्तरिय खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा २३ टिमको सहभागिता रहेको छ । जसमा महिला १० टिम र पुरुष १३ टिम रहेका छन ।

वडास्तरीय खुला महिला तथा पुरुष भलिबलतर्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश ३० हजार, २० हजार र १५ हजार नगदको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै खुला महिला पुरुष ब्याडमिन्टनतर्र्फ प्रथम, द्धितिय र तृतिय हुने टिमलाइ क्रमश १५ हजार, १० हजार र ६ हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खेल २८ गतेसम्म सञ्चालन हुदैछ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: