प्रथम वडा अध्यक्ष रनिङ शिल्ड प्रतियोगिताको अन्तिम तयारी सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन २

सोलुदुधकुण्ड नगरपालिका सात गार्माले आयोजना गर्न लागेको सोलुखुम्बु जिल्ला व्यापी प्रथम वडा अध्यक्ष रनिङ शिल्ड प्रतियोगिताको अन्तिम तयारि सम्पन्न सकिएको छ ।नगर प्रमुख नाम्गेल जाङबु शेर्पाको प्रमुख आतिथ्यमा बिहिबार १० बजे कार्यक्रमको उद्धाटन रहने छ ।
प्रतियोगितामा जिल्लाका २५ वडाले सहभागि जनाएको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनु भयो । आजै चिट्ठा र टाईसिटको काम सकियो उद्धाटन लगतै खेल सुरुहुनेछ । जिल्लामै पहिलो पटक वडा अध्यक्ष रनिङ शिल्ड कप वडा नम्बर सातले आयोजना गरेको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *